आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

हामी नेपाली ग्लोबल सहित बिभिन्न संघ सस्थाद्वारा मिर्गौला पीडितलाई आर्थिक सहयोग

गोकर्णेश्वर खबर१० कार्तिक २०७७, सोमबार ०७:५४ मा प्रकाशित (३ साल अघि) ५६९ पाठक संख्या

काठमाडौं –  हामी नेपाली ग्लोबल र हामी नेपाली मलेसिया राष्ट्रीय समिति लगायत बिभिन्न संघ सस्था र ब्यक्तिहरुले मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेको छ।

विगत ३ वर्ष देखि दुवै मृगौला फेल भई जीवन मरणको दोशादमा रहेका काभ्रे चौरीदेउराली गाऊपालिका वर्ड न: ९  बस्ने ४३ को फुर्बा दोर्ज़े तमाङ थोकरलाई हामी नेपाली ग्लोबल, अमेरिकाबाट २०, ००० (बीस हजार ) , हामी नेपाली मलेसिया राष्ट्रीय समिति र  बिभिन्न संघ सस्था सहयोगी मनकारी ब्यक्तिहरुबाट  १ ,५३ ,४९७ /-(एक लाख  त्रिपन्ना  हजार चार सय सन्तनब्बे ) गरी जम्मा १,७३,४९७( एक लाख तिरत्तर हजार चार सय सन्तनब्बे) आर्थिक सहयोग गरेको छ।

विगत लामो समय देखि मृगौला रोगी भई पीडित हाल  गोकर्णेश्वरको अत्तरखेल स्थित नेपाल मेंडिकल कलेज अस्पताल काठमाण्डौमा उपचार गरिरहेको छ।

रकम हस्तान्तरण कार्यक्रममा जारी गरिएको सन्देशमा हामी नेपाली ग्लोबल (अध्यक्ष) अमृत लामा र हामी नेपाली मलेसिया (अध्यक्ष) प्रकाश वाईवा ,हामी नेपाली ग्लोबलका उपाध्यक्ष  टेक वाईबा लामाले मृगौला पीड़ितको स्वास्थ्य लाभको कामना गरेको छ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाको प्रवक्ता तथा वडा नम्बर ८ का वडाध्यक्ष मनोज कुमार ढुंगाना, हामी नेपाली ग्लोबल प्रनिनिधिको उपस्थितिमा रकम हस्तान्तरण गरिएको थियो।

गोकर्णेश्वर नगरपालिकाको प्रवक्ता तथा वडा नम्बर ८ का वडाध्यक्ष मनोज कुमार ढुंगानाले मृगौला पीड़ितको स्वास्थ्य लाभको कामना गर्दै सहयोग गर्ने संस्थालाई धन्यबाद दिएको छ ।