आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

पछिल्लो २४ घन्टामा २,८५६ जनामा संक्रमण

गोकर्णेश्वर खबर९ कार्तिक २०७७, आईतवार १६:२४ मा प्रकाशित (३ साल अघि) २६४ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दसैँका कारण पिसिआर परीक्षण कम भएसँगै कोरोना संक्रमितको संख्या घट्न थालेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ८ सय ५६ जनासहित देशभर कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । संक्रमितमध्ये १ लाख ११ हजार ६ सय ७० जना कोरोना मुक्त भएका छन् भने कोरोनाबाट अहिलेसम्म ८ सय ४७ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घन्टामा ५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको मन्त्रालयले जनाएको छ ।