आज: १७ बैशाख २०८२, बुधबार | Wed, 30, Apr, 2025

समाजसेवी याङजी लामा योन्जनद्वारा दशैँमा खाद्यान्न वितरण

गोकर्णेश्वर खबर८ कार्तिक २०७७, शनिबार १८:३७ मा प्रकाशित (४ साल अघि) १२२७ पाठक संख्या

काठमाडौं / समाजसेवी याङजी लामा योन्जनको पहल र राङज्यूङ येशे शेनफेन संस्थाको सहयोगमा दशैँको अवसर पारेर  खाद्यान्न वितरण गरेको छ ।

संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंमा ज्याला मजदुरी गर्ने विपन्न, अशक्त, असह्य, ज्यालादारी मजदुर थप संकटमा परेको गोकर्णेश्वरको नारायणटार स्थित क्लब मोसेसमा ४२ घर परिवारलाई अत्यावश्यक खाद्यान्न सामग्री वितरण गरिएको थियो । राहतमा चामल १ बोरा, दाल ३  के.जी., तेल १ लिटर ,नुन १ पाकेट, तरकारी रहेको थियो । 

 

कार्यक्रममा समाजसेवी याङजी लामा योन्जन , समाजसेवी दिपक लामा , समाजसेवी धर्म थिङ्ग , समाजसेवी सिता पुरी , लामा धर्म गुरु , राङज्यूङ येशे शेनफेन संस्थाका पदाधिकारीको उपस्थितिमा खाद्यान्न वितरण गरिएको हो ।

समाजसेवी याङजी लामा योन्जनले आज बिहान  नारायणटारको नव जिवन केन्द्रमा रहेको बालबालिकालाई बिहानको खाना ख्वाएको साथै संगै दशैँ मनाएको थियो।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम गर्न लागु गरिएको लक डाउनका समयमा विभिन्न ठाउमा ज्याला मजदुरी गर्ने विपन्न, अशक्त, असह्य र बिरामीहरुलाई घर घरमै खाद्यान्न तथा नगद सहयोग गरेको थिए।