आज: १२ मंसिर २०७७, शुक्रबार | Fri, 27, Nov, 2020

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १,११० जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर८ कार्तिक २०७७, शनिबार १७:२६ मा प्रकाशित (१ महिना अघि) ६० पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या निरन्तर बढेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार १ सय १० जनामा कोरोना संक्रमण भएको छ ।

काठमाडौंमा ८ सय ३२ जना, भक्तपुरमा १ सय २ जना र ललितपुरमा १ सय ७६ जनासहित पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार १ सय १० जनामा कोरोना संक्रमण भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर २ हजार २ सय २५ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार २ सय २५ जनासहित देशभर संक्रमितको संख्या १ लाख ५५ हजार २ स्य ३३ जना पुगेको छ । संक्रमितमध्ये १ लाख ८ हजार ३ सय ३४ जना कोरोना मुक्त भएका छन् भने कोरोना संक्रमणले ८ सय ४२ जनाको ज्यान गएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ पुगेको छ भने पछिल्लो २४ घन्टामा १३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।