आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

नेपालमा पछिल्लो २४ घन्टामा २,२२५ जनामा कोरोना भाइरसको संक्रमण

गोकर्णेश्वर खबर८ कार्तिक २०७७, शनिबार १७:१३ मा प्रकाशित (३ साल अघि) २५२ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ । पछिल्लो २४ घन्टामा देशभर २ हजार २ सय २५ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार २ सय २५ जनासहित देशभर संक्रमितको संख्या १ लाख ५५ हजार २ स्य ३३ जना पुगेको छ । संक्रमितमध्ये १ लाख ८ हजार ३ सय ३४ जना कोरोना मुक्त भएका छन् भने कोरोना संक्रमणले ८ सय ४२ जनाको ज्यान गएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ पुगेको छ भने पछिल्लो २४ घन्टामा १३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।