आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र हिसिला यमीमा कोरोना संक्रमण

गोकर्णेश्वर खबर८ कार्तिक २०७७, शनिबार १२:२७ मा प्रकाशित (३ साल अघि) ४१३ पाठक संख्या

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीमा कोरोना संक्रमण पुष्टि भएको छ।

बाबुरामले ट्वीटरमार्फत् दुवैजनालाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। भट्टराई दम्पत्तिले शुक्रबार पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए।  दुवै जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो।

आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत हुन आग्रह गर्दै बाबुरामले आफूहरू चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसनमा बसेको बताएका छन्।

‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्ट भएको छ’, बाबुरामले ट्वीटरमा लेखेका छन्, ‘कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको हो।  चिकित्सकको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौँ । केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ।’