आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नेपालमा ६९ कोरोना संक्रमित भेन्टिलेटरमा, २९० को आइसियुमा उपचार हँदै

गोकर्णेश्वर खबर८ कार्तिक २०७७, शनिबार ०६:३२ मा प्रकाशित (३ साल अघि) ३९८ पाठक संख्या

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ५९ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ६९ जना भेन्टिलेटरमा र २९० जना संक्रमित आइसियुमा उपचाररत छन् ।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १७४ जना आइसियु र ४७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५० जना आइसियु र ८ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३४ जना आइसियु र ९ जना भेन्टिलेटरमा र प्रदेश २ मा ८ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा २ आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा १५ आइसियु र १ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ७ आइसियु उपचाररत रहेका छन् ।