आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २,७२० जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर७ कार्तिक २०७७, शुक्रबार १६:४४ मा प्रकाशित (३ साल अघि) २३० पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा उपत्यकाका तीन जिल्लामा २ हजार ७ सय २० जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा २ हजार ३ सय ५७ जना, भक्तपुरमा १ सय २७ जना र ललितपुरमा २ सय ३६ जनासहित पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ हजार ७ सय २० जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ४ हजार ४ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ४ हजार ४ सय ९९ जनासहित देशभर संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । संक्रमितमध्ये १ लाख ५ हजार ४ सय ८८ जना कोरोना मुक्त भएका छन् । अहिलेसम्म ८ सय २९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।