आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

नेपालमा पछिल्लो २४ घन्टामा ४,४९९ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर७ कार्तिक २०७७, शुक्रबार १६:३८ मा प्रकाशित (३ साल अघि) ३८३ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या सरदरमा बढ्दो क्रममा छ । पछिल्लो २४ घन्टामा देशभर ४ हजार ४ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ४ हजार ४ सय ९९ जनासहित देशभर संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । संक्रमितमध्ये १ लाख ५ हजार ४ सय ८८ जना कोरोना मुक्त भएका छन् भने देशभर कोरोनाबाट ८ सय २९ जनाको मृत्यु भएको छ ।