आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

प्रधानमन्त्रीको शुभकामनामा पुरानै नक्सासहितको निशान छापको प्रयोग, हट्यो चुच्चो !

गोकर्णेश्वर खबर७ कार्तिक २०७७, शुक्रबार १५:३० मा प्रकाशित (३ साल अघि) ३६२ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सार्वजनिक गरेको शुभकामना सन्देशमा पुरानै नक्सासहितको निशान छाप प्रयोग गरिएको छ ।

प्रधानमन्त्री ओलीको आधिकारीक ट्विटरमार्फत सार्वजनिक गरिएको शुभकामना सन्देशमा चुच्चो नभएको निशान छाप प्रयोग भएको छ ।

 

औपचारिक सन्देशमा लिम्पियाधुरा, कालापानी र लिपुलेक हराएका छन् । प्रधानमन्त्री ओलीले भारतीय दबाबमा वा भुलबस यस्तो नक्साको प्रयोग गरे भन्ने केही खुल्न सकेको छैन ।

नयाँ निशान छाप

भारतीय गुप्तचर निकाय रअका प्रमुख काठमाडौं आएर फर्किएको भोलिपल्ट प्रयोग भएको पुरानै नक्साप्रति आम नागरिकले चासो व्यक्त गरेका छन् ।