आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

युवा नेता तथा समाजसेवी दावा लामाद्वारा स्वास्थ्य सामग्री सहयोग

गोकर्णेश्वर खबर५ कार्तिक २०७७, बुधबार २१:०७ मा प्रकाशित (३ साल अघि) १२८१ पाठक संख्या

काभ्रे- समाजसेवी एवं तरुण दल काभ्रेका कार्यबाहक सभापति दावा लामाको पहलमा काभ्रे जिल्लाको विकट कोशीपारीको भुम्लु गाउँपालिकाको प्रत्यक वडा, सम्पूर्ण  विद्यालय, सुरक्षाकर्मी, स्वास्थ्य कार्यालयमा लामा आफै पुगेर प्रतिनिधिलाई हस्तान्तरण गरेका छन्। लामाले ४० हजार पिस मास्क, १८ सय पिस साबुन, १ सय ५० लिटर सेनिटाइजर, लगायतका स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

यस स्वास्थ सामाग्री जुटाउन अभियानमा सहयोग गर्नु हुने नेपाली कांग्रेसका युबा नेता पूर्व साम्सद तिर्थ लामा  (६ हजार पिस माक्स र ५०० पिस साबुन ) कांग्रेस नेता गणेश लामा , ( ५ हजार पिस माक्स र ५०० पिस साबुन) दावा लामा,रोशन लामा र अशोक श्रेष्ठ बाट (२० हजार पिस माक्स र १०० लि स्यानीटाइजर ) धन लाम (५ हजार पिस मास्क र १ हजार पिस साबुन) दावा शेर्पा ( ५००० पिस माक्स र ५० लि स्यानीटाइजर) राजन लामा ( माक्स ५००० पिस ) र बिरेन कुबर(माक्स ५००० पिस ) कुलधोज लामा,कर्मा लामा,सञ्जय लामा र कोरेन लामा (५००० पिस माक्स र १००० पिस साबुन ) समीर भट् (५००० पिस मस्क् ) सहयोग गरेको थियो।

लामाले यस विषम परिस्थितिमा स्वास्थ सामाग्री जुटाउन अभियानमा सहयोग गर्नु हुने सबैलाई धन्यबाद दिएको छ ।

देशमा कोरोनाको संक्रमण दर बढिरहेका बेला आफ्नो जिल्लामा कोरोना विरुद्धको अभियानलाई बलियो बनाउन स्वास्थ्य सामग्री वितरण गरेको लामाको भनाई छ । ‘आफु जन्मेको पालिकामा सबै वडालाई पुग्ने गरी स्वास्थ्य सामाग्री बितरण गरे ।’ स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै उनले कोरोनाको संक्रमण झेलेका विपन्नलाई राहत, उद्धार र सहयोगमा सधैं आफ्नो साथ रहने बताए ।

उक्त स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय उपसभापति बेल लामा, नवराज उप्रेती, भुम्लु गाउँपालिका उपाध्यक्षका प्रत्यासी शान्ता क्षेत्री, काँग्रेस क्षेत्रीय सदस्य अन्जनराज खतिवडा, नेपाली काँग्रेस भुम्लु गाउँपालिका सभापति अञ्चल तामाङ, सुनिल लामा, नविन खरेल लगायतको उपस्थिति रहेको थियो ।