आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु

गोकर्णेश्वर खबर५ कार्तिक २०७७, बुधबार १७:२७ मा प्रकाशित (३ साल अघि) २१९ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट २६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा कोरोनाबाट २६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या २४ घन्टामा गुमाउने अहिलेसम्मै धेरै हो । अहिलेसम्म कोरोना संक्रमणबाट देशभर ७ सय ९१ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।

देशभर संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । संक्रमितमध्ये ९९ हजार ६ सय ५ जना निको भएर सामान्य जीवनमा फर्किएका छन् भने ७ सय ९१ जनाको कोरोनाबाट ज्यान गएको छ ।