आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ३,१०७ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर५ कार्तिक २०७७, बुधबार १७:२२ मा प्रकाशित (३ साल अघि) २६९ पाठक संख्या

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै भएको छ । पछिल्लो २४ घन्टामा उपत्यकामा ३ हजार १ सय ७ जनामा कोरोना संक्रमण भएको छ ।

काठमाडौंमा २ हजार ३ सय ९१, भक्तपुरमा १ सय ७३ र ललितपुरमा ५ सय ४३ गरेर पछिल्लो २४ घन्टामा उपत्यकामा ३ हजार १ सय ७ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।

देशभर संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । संक्रमितमध्ये ९९ हजार ६ सय ५ जना निको भएर सामान्य जीवनमा फर्किएका छन् भने ७ सय ९१ जनाको कोरोनाबाट ज्यान गएको छ ।