आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

आफ्नै खर्चमा बाटो सञ्चालन गर्दै जनता

गोकर्णेश्वर खबर३ कार्तिक २०७७, सोमबार १९:०६ मा प्रकाशित (३ साल अघि) ९०३ पाठक संख्या

काठमाण्डा ैजिल्लाको निर्वाचन क्षेत्र नंवर दुई र तिनको उत्तर पुर्वी भेग गोकर्णेस्वर, कागेस्वरी मनहरा र संखरापुर नगरापालीका जोड्ने सुन्दरीजल — सुर्यमण्डली — सांखु सडक अन्तर्गत पर्ने कागेस्वरी मनहरा वडा नं १ मा पर्ने सुवेदीगांउ — घट्टेखोलापुल — लाकिला खण्ड सञ्चालन गर्न सम्वन्धीत निकायले वेवास्ता गरे पछी सडक सञ्चालनगर्न जनताआफै जुटेका छन ।

गोकर्णेश्वर नगरपालीका वडा नं १ निवासी गोकुल रोक्का भन्छन हाम्रो वडाको मालापोत कार्यालय सांखुमा पर्छ । सांखु जानअहिले जोरपाटी हुदै जानु पर्दा १९ किलोमिटर लामो बाटो छ । सुन्दरीजल सुर्यमण्डली सांखु सडक सञ्चालन भएमा ६ किलोमिटर यात्रामा सांखु पुगीन्छ । सम्वन्धीत निकायको ध्यान किन पुगेन हामी आस्चर्यमा छौं ।

संखरापुर नगरपालीका वडा नं ९ निवासी क्याटरीङ व्यावसायी राधाकृष्ण श्रेष्ठको ससुराली गोकर्णमा छ । घट्टेखोलाको पुल बनी सके पछी छोटो समयमा माईतीमा वलागर्ने पाउने श्रीमती छोरा छोरीमा उत्साह जागेका ेथियो । पुल बनेको ३ बर्ष सम्म पनि सम्वन्धी निकायले बाटो सञ्चालन नगर्दा जनताकै तर्फबाट बाटो सञ्चाल नगर्ने अभियानमा व्यक्तीगत तर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धता गरेको बताउछन ।

संखरापुर वडा नं ८ निवासी रघु के.सी भन्छन । हाम्रो एरियाको मृत्यु पर्यन्तअन्तीम संस्कारको लागी बागमती घाटमा लास लैजाने बाटो यही हो । लास लैजादा राम्रो बाटो नभएको कारण लास सहित हामी धेरै पटक लडेका छौं । पुल बन ेपछी केहि सहज भएको छ । पुल बनेको ३ बर्ष सम्म पनि बाटो सञ्चालनमा नआउंदा दुखलागेको छ । सम्वन्धीत निकायको तत्काल ध्यान जानु पर्छ ।

पुल साथै बाटो बनोस भनी पुलको आसपास १०० मिटर क्षेत्रमा आफ्नो एकलौटी जमिन दिएको स्मरण गर्दै नेपाली सेनाका पुर्व कर्णेल राजेन्द्र खड्का भन्छन । जनताको चाहना देखेर जमिनदिएको हुं । पुलबन्दा धेरै खुसीलागेको थियो । बाटो सञ्चाल नगर्न ध्यान दिएनन् तेसैले जनताको बाटो सञ्चालन गर्ने अभियानमा आर्थीक सहयोग गरें ।

आर्थिक बर्ष २०७१÷७२ मा स्वीकृत भई डिभिजन सडक कार्यालय काठमाण्डौले टेण्डर गरी काम सुरु भएको पुल निर्माणको क्रममा अनुगमनमा कडाई गरेका कारण ठेकेदार पक्षले काम सम्पन्न गर्न ४ बर्ष लागाएको पुल सरोकार समितिक ाअध्यक्ष प्रद्युन्न खड्का बताउछन । पुल बनिसके पछी सडक सञ्चालन नगर्ने सडक विभाग र सञ्चालनका निम्ती दुई चार थान क्रसिङ्ग ह्युम पाईप, दुई चार टिप ग्राभेल समेत स्थानीयतहले नदिएको कारण ब्यक्तीगत सहयोग जुटायर बाटो सञ्चाल नगर्ने अभियान थालेको खड्काले बताएका छन ।

२१ औं सताब्दीमा पनि आफुलाई राजधानी बासी भन्न लाज लाग्ने अवस्थामा रहेको भन्दै सबै तहका सरकार प्रती रोष प्रकट गर्छन युवा व्यावसायी तथा समाजसेवी अमृत खड्का । भन्छन सम्वन्धीत निकायले गरेन त्यसैले हामी आफै गर्दै छौं ।

१५ बर्ष अघि संखरापुर नगरलीका वडा नं ९ सावीक इन्द्रायणी गा.वि.स लाकिला देखी हालबनेको घट्टे खोला पुलसम्म ट्रयाक खोल्न महत्वपुर्ण योगदान गरेका समाजसेवी श्याम श्रेष्ठ भन्छन ठुलो उत्साहका साथ बाटो बनाउन लागेको थिएं अहिले हिड्न नसक्ने भै सकें छिटो बनोस भन्ने चाहना छ ।

पुल बनाउदा एप्रोच रोडको स्तरोन्नती तत्कालनि समयमा छुटेको, पछिल्लो निर्वाचन प्रणाली पछी यो जिम्वेवारी नगरपालीका र प्रदेस सरकारमा गएको आफुसंगको भेटमा डिभिजन सडक काठमाण्डौ १ का प्रमुख कुवेर नेपालीले बताएको नेपाली कांग्रेसका महासमिति सदस्य, तरुणदल काठमाण्डौका अध्यक्ष स्थानीयबासी कृष्ण जी खड्काले जानकारी दिएका छन । उनी भन्छन कुनतहले गर्नेभन्ने अन्यौलता र उदासीनताका कारण बाटो अलपत्र पर्यो । तेसैले जनताको योगदानमा बाटो सञ्चालनको अभियान सुरु भएको हो ।

काठमाण्डौ निर्वाचन क्षेत्र नं. ३ प्रदेस ख मा पर्ने उक्त सडक बनाउन जनताको पहलमा बाटो सञ्चालन अभियानको संयोजन कागेस्वरी मनोहरा वडा नं १ निवासी समाज सेवी बच्चुराम खड्काले गरेका छन । सबै तहका सरकालाई दवाव स्वरुप यो अभियान सुरु गरीएको हो ।जनताको सहभागीता उत्साह जनक छ । उनी भन्छन जनताले दिएको पैसाले उत्कृष्ट काम गरेर देखाउंछु र हिसाव किताव पारदर्सी गर्छु ।