आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु

गोकर्णेश्वर खबर३ कार्तिक २०७७, सोमबार १७:१४ मा प्रकाशित (३ साल अघि) २२७ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणदर बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ । पछिल्लो २४ घन्टामा १८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । देशभर कोरोना संक्रमणबाट ७ सय ५७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । मन्त्रालयले देशभर संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये ९४ हजार ५ सय १ जना कोरोना मुक्त भएका छन् ।