आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नेपालमा पछिल्लो २४ घन्टामा ३,७९० जनामा कोरोना भाइरसको संक्रमण

गोकर्णेश्वर खबर३ कार्तिक २०७७, सोमबार १६:४० मा प्रकाशित (३ साल अघि) २२६ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घन्टामा ३ हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण भएको जानकारी दिए । मन्त्रालयका अनुसार संक्रमितमध्ये ९४ हजार ५ सय १ जना कोरोना मुक्त भएका छन् भने ७ सय ५७ जनाको कोरोना संक्रमणले ज्यान गएको छ ।