आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

आज दसैंको तेस्रो दिन, चन्द्रघण्टा भगवतीको पूजा गरिंदै

गोकर्णेश्वर खबर३ कार्तिक २०७७, सोमबार ०७:१८ मा प्रकाशित (३ साल अघि) २०५ पाठक संख्या

काठमाडौं । आज हिन्दु धर्मावलम्बीहरुको महान चाड दसैंको तेस्रो दिन । आज नवदुर्गा भवानीका ९ वटा रुपहरु मध्ये चन्द्रघण्टा भगवतीको पूजा गरिंदैछ ।

दसैंको पहिलो दिन घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने धार्मिक परम्परा रहि आएको छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक परम्परा छ ।

दशैंको तेस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा नियमित पूजासंगै चन्द्रघण्टा भगवतीको पुजा गरिंदैछ ।

अघिल्लो बर्ष विभिन्न शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गरे पनि यस बर्ष कोरोना संक्रमणको महामारीका कारण त्यस्तो अवस्था छैन ।

केवल नियमित पुजासंगै सम्बन्धित मन्दिरका पुजारीले मात्रै चन्द्रघण्टा भगवतीको पुजा गर्ने ब्यवस्था मिलाइएको छ ।