आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १२ जनाको मृत्यु

गोकर्णेश्वर खबर२ कार्तिक २०७७, आईतवार १६:५६ मा प्रकाशित (३ साल अघि) २७४ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या निरन्तर बढेको छ । सरदर संख्या बढेको पाइएको हो । पछिल्लो २४ घन्टामा १२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय ३९ पुगेको छ ।

पछिल्लो २४ घन्टामा २ हजार ९ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका २ हजार ९ सय ४२ जनासहित देशभर संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ९२ हजार १ सय ६६ जना कोरोना मुक्त भएका छन् ।