आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

नेपालमा पछिल्लो २४ घन्टामा २,९४२ जनामा कोरोना भाइरसको संक्रमण

गोकर्णेश्वर खबर२ कार्तिक २०७७, आईतवार १६:३६ मा प्रकाशित (३ साल अघि) ६०७ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या घट्न सकेको छैन । पछिल्लो २४ घन्टामा २ हजार ९ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका २ हजार ९ सय ४२ जनासहित देशभर संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ९२ हजार १ सय ६६ जना कोरोना मुक्त भएका छन् भने कोरोना संक्रमणबाट ७ सय ३९ जनाले ज्यान गुमाएका छन् ।