आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नेपालमा पहिलो पटक कोरोनाबाट नर्सको मृत्यु

गोकर्णेश्वर खबर२ कार्तिक २०७७, आईतवार १६:३० मा प्रकाशित (३ साल अघि) ६९८ पाठक संख्या

काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट नर्सको मृत्यु भएको छ । नेपाल नर्सिङ संघको आजीवन सदस्य समेत रहेका विद्या जोशीको ७० बर्षभन्दा बढी उमेरमा मृत्यु भएको हो ।

जोशी रिटायर हुनुभन्दा अगाडि वीर अस्पतालमा कार्यरत थिए । शुक्रबार पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको संघको प्रवक्ता कल्पना श्रेष्ठले बताएका छन् ।