आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १,७४६ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर१ कार्तिक २०७७, शनिबार १६:४७ मा प्रकाशित (३ साल अघि) २४४ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा उपत्यकाका तीन जिल्लामा १ हजार ७ सय ४६ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा १ हजार ४ सय ५१ जना, भक्तपुरमा १ स्य ४३ जना र ललितपुरमा १ सय ५२ जनासहित उपत्यकामा १ हजार ७ सय ४६ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा ३ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण भएको जानकारी दिए । देशभर संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ ।

संक्रमितमध्ये ८९ हजार ८ सय ४० जना निको भएर घर फर्किएका छन् भने ७ सय २७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।