आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

मन्दिर तथा शक्तिपीठमा गृहको रोक, भक्तजनका लागि नखुल्ने

गोकर्णेश्वर खबर१ कार्तिक २०७७, शनिबार ०७:०८ मा प्रकाशित (३ साल अघि) १८७ पाठक संख्या

काठमाडौं । गृह मन्त्रालयले दसैँको बेला मन्दिर तथा शक्तिपीठहरु नियमित पूजा गर्नबाहेक भक्तजनको लागि खुल्ला नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले मन्दिर तथा शक्तिपीठहरुमा भीडभाड हुँदा कोभिड १९ संक्रमणको जोखिम झनै बढ्ने भएकाले भक्तालुहरुका लागि रोक लगाइएको बताए ।

तर, नित्य पूजाआजा भने नियमित रुपमा सूचारु गर्न सकिने उनले बताए । मन्दिरमा भीडभाड नगर्न स्वास्थ्य मन्त्रालयले समेत आग्रह गरिरहेकाले त्यसको कार्यान्वयनका लागि गृह मन्त्रालयले सहयोग गर्ने उनले बताए ।

महान चाड बडादसैँको बेला विभिन्न शक्तिपीठहरुमा विशेष पूजाआजा गरिन्छ भने धेरै संख्यामा भक्तालुहरु पुग्ने गर्छन् । त्यसैले मन्दिरहरुमा हुनसक्ने भीडलाई ध्यान दिदै सरकारले नियमित पूजाआजा बाहेकका सबै धार्मिक र सांस्कृतिक गतिविधि गर्नमा रोक लगाएको हो ।