आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

हामी नेपाली ग्लोबल र हामी नेपाली दक्षिण कोरियाद्वारा लिदी पहिरो पीडितलाई राहत सहयोग

गोकर्णेश्वर खबर३० आश्विन २०७७, शुक्रबार २१:५० मा प्रकाशित (३ साल अघि) ६३० पाठक संख्या

सिन्धुपाल्चोक – हामी नेपाली ग्लोबल र हामी नेपाली दक्षिण कोरिया शाखाले  राहत सहयोग गरेको छ।

हामी नेपाली ग्लोबल र हामी नेपाली दक्षिण कोरिया शाखाले संयुक्त रुपमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२, लिदीका पहिरो पीडितहरूलाई आज सेलाङस्थित बाँसखर्कमा पुगेर राहत वितरण गरेका हुन ।

प्राकृतिक प्रकोपको क्रममा मृत्युवरण गरेका १२ घरधुरीलाई प्रति परिवार छ हजार रूपैयाँ उपलब्ध गराएको छ।

सो अवसरमा पूर्ण रूपमा घरबारीमा क्षति भएका १८ घरधुरीलाई चार हजार रूपैयाँको दरले हामी नेपाली ग्लोबल र हामी नेपाली दक्षिण कोरिया शाखाले राहत उपलब्ध गराएको छ।

उक्त राहत वितरण कार्यक्रममा जारी गरिएको सन्देशमा हामी नेपाली ग्लोबल अध्यक्ष अमृत लामा र हामी नेपाली दक्षिण कोरिया की अध्यक्ष आम्बिका डि.सी.,हामी नेपाली ग्लोबलका उपाध्यक्ष  टेक वाईबा लामाले बाढी पहिरोबाट ठूलो जनधनको क्षति भएकोमा दुःख व्यक्त गर्दै गरेको थिए।

जुगल गाउँपालिका २ का वडाध्यक्ष प्रताप लामा र स्थानीयको उपस्थितिमा राहत वितरण गरिएको थियो।

जुगल गाउँपालिका २ का वडाध्यक्ष प्रताप लामाले यस विषम परिस्थितिमा राहत सहयोग गर्ने हामी नेपाली ग्लोबल र हामी नेपाली दक्षिण कोरिया शाखालाई धन्यबाद दिएको छ ।