आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु

गोकर्णेश्वर खबर२९ आश्विन २०७७, बिहीबार १६:५० मा प्रकाशित (३ साल अघि) २३० पाठक संख्या

काठमाडौं । कोरोना भाइरसका संक्रमित बढेसँगै सरदर मृत्यु हुनेको संख्या पनि बढेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १९ जनासहित देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ९४ पुगेको छ ।