आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

 नेपालमा पछिल्लो २४ घन्टामा ३,७४९ जनामा कोरोना भाइरसको संक्रमण

गोकर्णेश्वर खबर२९ आश्विन २०७७, बिहीबार १६:३७ मा प्रकाशित (३ साल अघि) ५०६ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या काठमाडौं उपत्यका केन्द्रित भएको छ । देशभर पछिल्लो २४ घन्टामा ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ७ सय ४९ जनासहित देशभर संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको जानकारी दिए ।

संक्रमित मध्ये ८४ हजार ५ सय १८ जना निको भएर घर फर्किएका छन् भने जनाको कोरोना संक्रमणबाट ६ सय ९४ ज्यान गएको छ ।