आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १,४०३ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर२८ आश्विन २०७७, बुधबार १६:३७ मा प्रकाशित (३ साल अघि) ४८७ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा सक्रिया संक्रमितको संख्या निरन्तर बढिरहेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय ३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ९ सय ८६ जना, भक्तपुर १ सय २ जना र ललितपुरमा ३ सय ५ जनासहित काठमाडौं उपत्यकामा १ हजार ४ सय ३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।