आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

कोरोना संक्रमणबाट इजरायलमा एक नेपाली महिलाको मृत्यु

गोकर्णेश्वर खबर२८ आश्विन २०७७, बुधबार ०५:३४ मा प्रकाशित (३ साल अघि) ७१० पाठक संख्या

कोरोना भाइरसको सङ्क्रमणबाट इजरायलमा एक नेपाली महिलाको मृत्यु भएको छ ।

कोरोनाले ज्यान गुमाउनेमा सिन्धुपाल्चोककी आलोङ लामा रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

कोरोनाको कारण मृत्यु भएको र परिवारको सहमतिमा इजरायलमै अन्तिम संस्कार गरिएको दूतावासले जनाएको छ ।

‘यस दुःखको घडीमा हामी मृतात्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं । साथै, शोक सन्तप्त परिवार तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछौं’, दूतावासले बिज्ञप्तिमा उल्लेख गरिएको छ।

इजरायलमा पछिल्लो समय सङ्क्रमणको अवस्था तीब्र रुपमा बढ्दै गएकाले सावधानी अपनाउन नेपालीहरुलाई दूतावासले अनुरोध गरेको छ ।

इजरायल सरकारले जारी गरेका स्वास्थ्यका मापदण्ड पालना गर्दै सङ्क्रमणबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन इजरायलका लागि नेपाली राजदूत डा अन्जना शाक्यले अनुरोध गरेकी छन्