आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गोकर्णेश्वर नगरपालिकामा असोज २६ गते सम्ममा ८५१ जनामा कोरोना भाइरसको संक्रमण

गोकर्णेश्वर खबर२७ आश्विन २०७७, मंगलवार २०:४१ मा प्रकाशित (३ साल अघि) ४९७ पाठक संख्या

काठमाडौं, असोज २७ ।गोकर्णेश्वर नगरपालिकाले असोज २६ गते सम्मको कोरोना अपडेट सार्वजनिक गरेको छ। जसमा असोज २६  गते सम्म नगरपालिकामा पुरुष ४४८  जना  र  ४०३  जना  महिला गरि कुल ८५१ जना संक्रमित भेटिएको उल्लेख गरिएको छ। त्यसै गरि असोज २६ गते सम्म २२३  जना  पुरुष र १९३  जना महिला गरि कुल ४१६ जनाले कोरोना जितेको जनाएको छ ।कुल संक्रमित मध्ये ७ जना पुरुष   र ३  जना महिला गरि कुल ११  जनाको कोरोनाको कारण मृत्यु भएको जानकारी गराएको छ।

त्यसै गरि असोज २६  गते सम्म नगरपालिका भित्र २१८ जना पुरुष र  २०६ जना महिला गरि कुल ४२४ जना सक्रिय संक्रमित रहेको जसमा होम आइसोलेसनमा २०४ जना पुरुष र  १८९ जना महिला गरि कुल ३९३ जना रहेको र अस्पतालको आइसोलेसनमा १४ जना पुरुष र १७ जना महिला गरि कुल ३१ जना रहेको उल्लेख गरिएको छ । त्यसै गरि क्रिटिकल केयरमा ४ जना पुरुष र १ जना महिला गरि कुल ५ जना रहेको जनाइएको छ ।नगरपालिकाले हाल सम्म ६४२ जना पुरुष र २२५ जना महिला गरि कुल ८६७जनाको आर डीटि परिक्षण गरेको र हाल सो आर डिटि परिक्षण बन्द गरिएको जानकारी गराएको छ ।

त्यसै गरि हाल सम नगरपालिकाले ११३८ जना पुरुष र ९४८ जना महिला गरि कुल  २०८६ जनाको  पि सी आर परिक्षण  गरिएको जानकारी गराएको छ ।त्यस्तै नगरपालिकाले हाल सम्म २०३९ जनाको कन्ट्याक्ट  ट्रेसिंग गरिएको मध्ये २७५ जनामा कोरोना संक्रमण भेटिएको जानकारी गराएको छ । गोकर्णेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्यायका अनुसार दिन प्रतिदिन कोरोना संक्रमण बढ्दै गएको अवस्थामा उनले स्वास्थ्य माप दण्ड पालना गर्न सबैलाई अनुरोध गरेका छन ।