आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

आकस्मिक बाहेकका शल्यक्रिया नगर्न उपत्यकाका सबै अस्पताललाई निर्देशन

गोकर्णेश्वर खबर२६ आश्विन २०७७, सोमबार २२:२० मा प्रकाशित (३ साल अघि) ३९६ पाठक संख्या

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका सबै अस्पतालहरूलाई आकस्मिक बाहकेका सबै शल्यक्रिया हाललाई स्थगित गर्न निर्देशन दिएको छ।  लक्षण भएका कोरोना संक्रमितहरुको संख्या बढेसँगै मन्त्रालयले यो निर्णय गरेको हो । यसले कोरोनाका बिरामीहरुलाई केही हदसम्म आईसीयू र भेन्टिलेटर वेड पाउने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

उनले यसरी नियमित शल्यक्रिया हाललाई स्थगन गर्दा यसले कोरोना संक्रमणका विरामीहरूलाई अस्पतालमा बेड तथा आएसियू र भेन्टिलेटर उपलब्धतामा सघाउ पुर्याउने बताए।

साथै उपत्यकाका सबै सरकारी अस्पतालहरूलाई कोभिड अस्पताल बनाइने समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय गरेको हो ।त्यसका लागि स्वास्थ्य सेवा विभागसँग भएका स्वास्थ्य सामग्री ती अस्पतालहरूमा वितरण गरी आवश्यक व्यवस्थापन समेत गरिने प्रवक्ता गौतमले बताए।