आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

नेपालमा कोरोनाबाट थप ९ को मृत्यु, मृतकको कुल संख्या ६४५ पुग्यो

गोकर्णेश्वर खबर२६ आश्विन २०७७, सोमबार १६:४० मा प्रकाशित (३ साल अघि) २४० पाठक संख्या

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै ज्यान गुमाउनेको संख्या पनि बढेको छ । पछिल्लो २४ घन्टामा जनाको कोरोना संक्रमणका कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ४ हजार ४७ जनासहित देशभर संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ ।

संक्रमितमध्ये ७७ हजार २ सय ७७ जना निको भएर नियमित काममा फर्किएका छन् भने ६ सय ४५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।