आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

नेपालमा पछिल्लो २४ घन्टामा ४,०४७ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर२६ आश्विन २०७७, सोमबार १६:३० मा प्रकाशित (३ साल अघि) २२२ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसका संक्रमितको संख्या नेपालमा बढ्दो क्रममा छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ४ हजार ४७ जनासहित देशभर संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ ।

संक्रमितमध्ये ७७ हजार २ सय ७७ जना निको भएर नियमित काममा फर्किएका छन् भने ६ सय ४५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।