आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

नेशन्स लिगमा जर्मनीको पहिलो जित

गोकर्णेश्वर खबर२५ आश्विन २०७७, आईतवार ०६:४८ मा प्रकाशित (३ साल अघि) ५२७ पाठक संख्या

एजेन्सी / नेशन्स लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा जर्मनीले युक्रेनलाई २-१ ले पराजित गरेको छ।

समूह ए फोर अन्तर्गत गएराति अवे मैदानमा भएको खेलमा जर्मनीले युक्रेनमाथि सहज जित दर्ता गरेको हो ।

जर्मनीको जितका लागि खेलको २० औँ मिनेटमा गिन्टर र ४९ औँ मिनेटमा गोरेट्ज्कले गोल गरे ।

खेलको सुरुमा २ शून्यले अगाडि रहेको जर्मनीमाथि युक्रेनका मालिनोभ्स्कीले ७६ औँ मिनेटमा गोल गरेका हुन् । उनले पेनाल्टीको सदुपयोग गर्दै एक गोल फर्काएका हुन्।

त्यसैगरी गएराति भएको अर्को खेलमा स्पेन विजयी भएको छ । समूह ए फोरमा रहेको स्पेनले घरेलु मैदानमा स्वीट्जरल्याण्डलाई १-०ले पराजित गरेको हो । ​

शनबिार भएका अन्य खेलमा लग्जेम्बर्गले साइप्रस तथा मोन्टेनेग्रोले अजरबैजानलाई समान २-० गोलले पराजित गरेका छन् भने जिब्रालटारले लिचेस्टाइनलाई १-० ले पराजित गरेको छ ।

त्यसैगरी एन्डोरा र माल्टाले गोलरहित बराबी खेल्दा फारोइ आइल्याण्ड र लात्भियालो १-१ गोलको बराबरी खेलेका छन् ।