आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गौतमबुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा

गोकर्णेश्वर खबर२५ आश्विन २०७७, आईतवार ०६:४४ मा प्रकाशित (३ साल अघि) ८०७ पाठक संख्या

काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यो विमानस्थलको पूर्ण उपयोग गर्न आवश्यक उडानका लागि नेपाललाई भारतबाट नेपाल प्रवेश गर्न महेन्द्रनगर र नेपागञ्ज हवाई रूट आवश्यक पर्छ, जसका बारेमा भारतले अझै सकारात्मक जवाफ दिएको छैन । यी प्रवेश मार्ग अनिश्चित हुँदा उडानको विषय पेचिलो बनेको छ ।

त्यसो त नेपालले मागेका ती रूट भारतले नदिँदा पनि उडान नहुने भने होइन । तर, अहिले भारतले स्वीकृति दिएका प्रवेश मार्गभन्दा महेन्द्रनगर र नेपालगञ्ज हवाई रूटबाट समय र खर्च जोगिनेछ ।

पर्यटन मन्त्रालयले गौतमबुद्ध विमानस्थल सन् २०२१ को शुरूबाट सञ्चालनमा आउने र सोहीअनुरूप सबै काम भइरहेको बताउँदै आएको छ ।

प्रधानमन्त्री केपी ओलीको पछिल्लो भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग यो हवाई रूटका विषयमा छलफल भएको थियो । तर,  त्यसपछि थप प्रगति नभएको पर्यटन मन्त्रालयका अधिकारीहरू बताउँछन् । उड्डयन क्षेत्रका विज्ञ, मन्त्रालयका अधिकारीहरू तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले यो विषयलाई उच्चस्तरीय कूटनीतिक तहबाटै पहल गर्नुपर्ने बताउँदै आएका छन् ।

हवाई रूटबारे भारतको राजनीतिक नेतृत्वले अहिलेसम्म हुँदैन नभने पनि सुरक्षाका कारण देखाउँदै सहमति भने दिएको छैन ।

यी दुई हवाई रूटमा भारतलाई मनाउन कूटनीतिक पहल आवश्यक भएको विज्ञहरूले बताउँदै आएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्रासँग शुक्रवार भएको भेटमा यो विषय उठान भएको छ । क्वात्रा झन्डै ६ महीनादेखि बन्द रहको नेपाल भारत हवाई उडान सुचारू गर्न आग्रह गर्दै मन्त्रालय पुगेका थिए ।

चैतमा सबै अन्तरराष्ट्रि«य उडान रोकेको नेपालले यही असोज महीनादेखि विभिन्न अन्तरराष्ट्रिय रूटमा नियमित उडान शुरू गरे पनि भारतमा कोरोना संक्रमण उच्च भएकाले उडान शुरू गरेको छैन । मन्त्री भट्टराईले अवस्था हेरेर  उपर्युक्त समयमा निर्णय गरिने बताएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

भेटमा पर्यटन मन्त्री भट्टराईले राजदूत क्वात्रासँग यी दुई हवाई रूटका बारेमा कुरा गरेका थिए । राजदूतसँग यो विषय उठान गरे पनि रूटको गाँठो फुक्ने नफुक्नेमा अभैm अन्योल छ । पछिल्लोपटक नेपालले जारी गरेको नयाँ नक्साको विषयले दुई देशबीच अहिले जुन रूपमा संवाद हुनुपर्ने हो त्यो हुन सकेको छैन । २०७५ असार २ गते नेपालमा सम्पन्न दुईपक्षीय वार्तामा भारत नेपाललाई भैरहवा, जनकपुर, विराटनगर, नेपालगञ्ज र महेन्द्रनगर गरेर थप चारओटा हवाई रूट दिन सहमत भएको थियो । तर, एयरपोर्ट अथोरिटी अफ इन्डियाले प्राविधिक विषय नमिलेको तथा त्यसको सुरक्षा मूल्यांकन (सेप्mटी एसेसमेन्ट) गर्न थप समय लाग्ने भन्दै तत्काल थप हवाई रूट दिन नसकिने जवाफ नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पठाएको थियो ।

यी रूटमा भारतले सुरक्षा चासो देखाउँदै अनुमति दिन नमानेको नागरिक उड्डयन प्राधिकरणका अधिकारीको भनाइ छ । हालसम्म नेपाल आउने विमानहरू सिमरा नजीकैको ‘रोमियो’ बिन्दुबाट नेपाल प्रवेश गर्छन् । भारत, हङकङ, सिंगापुर, मलेशिया, ढाका, बैंककलगायत ठाउँबाट आउने हवाईजहाज यही विन्दुबाट नेपाल प्रवेश गर्दै आएका छन् । नेपालबाहिर जाने जहाजले भने महेन्द्रनगर, भैरहवा, विराटनगर र जनकपुरबाट बिन्दु प्रयोग गर्छन् ।

भारतको नयाँदिल्ली ‘फ्लाइट इन्फरमेशन रिजन’ (एफआईआर) बाट नेपाल प्रवेश गर्दा महेन्द्रनगरको प्रवेश बिन्दु छोटो पर्छ । तर, अनुमति नभएका कारण सिमरातर्पmबाट घुमेर आउँदा इन्धन बढी खपत हुन्छ र हवाई दूरी पनि बढी पर्न जान्छ ।

नेपालगञ्जको आकाश हुँदै सीधै पोखरा अवतरण गर्दा रूट छोटो पर्ने मात्र नभई इन्धन पनि बचत हुने विज्ञको धारणा छ । पोखरा विमानस्थलका लागि यो रूट खुल्नु आवश्यक भएको विज्ञाको भनाइ छ ।

प्राधिकरणका अनुसार महेन्द्रनगर वा नेपालगन्ज दुई नयाँ प्रवेशबिन्दुमार्पmत विमानहरू नयाँदिल्लीबाट काठमाडौं अवतरण गर्दा १४ नटिकल माइल दूरी घट्छ । भैरहवामा अवतरण गर्नुपर्दा १ सय ६९ र पोखराका लागि १ सय ६५ नटिकल माइल दूरी कम पर्छ ।

नयाँ रूटमा सहमति नभएका पनि हालका रूटलाई व्यवस्थापन गर्ने गरी तयारी थाल्नुपर्ने प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमको धारणा छ । ‘हामीले मागेको पश्चिमका रूट दिन भारत सहमत भए नेपाललाई सहज हुनेछ । तर, त्यो नदिए पनि हाल सहमति भएका क्रशबोर्डर रूटबाटै सञ्चालनको तयारी गर्न बाँकी काम पूरा गर्नुपर्छ,’उनले भने ।

सरकारले राष्ट्रिय गौरवको आयोजनामा समेटेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण करीबकरीब सकिएको छ । अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी छन् । हालसम्म विमानस्थलको भौतिक प्रगति ९३ प्रतिशत र वित्तीय प्रगति ६४ प्रतिशत रहेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ । विमानस्थलको टर्मिनल भवनभित्र उपकरण ब्यागेज ≈यान्डलिङ, यात्रु सुरक्षा परीक्षण मेशिन, एसीलगायत उपकरण जडानको काम अगाडि बढाउने प्रक्रियामा रहेको आयोजनाका  प्रमुख प्रवेश अधिकारीले बताए ।