आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

भोलि बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

गोकर्णेश्वर खबर२४ आश्विन २०७७, शनिबार १९:५८ मा प्रकाशित (३ साल अघि) ३१५ पाठक संख्या

असोज २४, काठमाडौं । नेपाली कांग्रेसको भोलि बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंको असोज २३ गते निधन भएकोले बैठक स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि सात जना केन्द्रीय सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि केन्द्रीय समिति बैठक स्थगित भएको थियो ।

अब बैठक कहिले बस्ने भन्नेबारे खुलाइएको छैन ।