आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

गोकर्णेश्वर खबर२४ आश्विन २०७७, शनिबार १९:३१ मा प्रकाशित (३ साल अघि) २४४ पाठक संख्या

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । भट्टराईले कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका हुन् ।

भट्टराईले भनेका छन् – गत सोमबार कोरोना परीक्षण गर्दा रोपोर्ट नेगेटिभ आएको थियो । त्यसक्रममा काठमाडौंबाहिरका केही कार्यक्रममा सहभागी पनि भएँ । शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वरोको महसुस भयो । शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भर्खरै जानकारी पाएको छु। हालसम्म पनि हल्का ज्वरोबाहेक अरू समस्या देखिएको छैन । केही दिनयता मसँग सम्पर्कमा आउनुभएका महानुभावहरूलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु । मेरा कारणले कसैलाई पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छु । होसियार रहनु र परिआएमा सामना गर्नुबाहेक के नै पो विकल्प छ र ?