आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाबाट १४ जनाको मृत्यु : कुन जिल्लामा कति ? (सूचीसहित)

गोकर्णेश्वर खबर२४ आश्विन २०७७, शनिबार १७:०१ मा प्रकाशित (३ साल अघि) २९२ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ज्यान गुमाउनेहरुमा अधिकांश काठमाडौं उपत्यकाका छन् ।

पछिल्लो २४ घन्टामा देशभर ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाका रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो अहिलेसम्मकै धेरै संक्रमण हो ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ५ हजार ८ जनासहित देशभर संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ७४ हजार २ सय ५२ जना निको भएर घर फर्किएका छन् भने जनाको कोरोना भाइरसको संक्रमणका कारण ६ सय १४ जनाको ज्यान गएको छ ।