आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

१३ हजार घुससहित प्रहरी हवल्दार पक्राउ

गोकर्णेश्वर खबर२३ आश्विन २०७७, शुक्रबार २१:२२ मा प्रकाशित (३ साल अघि) ३०२ पाठक संख्या

बुटवल । नेपाल प्रहरीका एकजना हवल्दार १३ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

बाँकेको खजुरास्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजेशबहादुर दुवाल १३ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

पूर्व सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले हवल्दार दुवाललाई १३ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धानको बुटवल कार्यालयका अनुसार हवल्दार दुवालले निजी जग्गामा रहेको आँपको रुख कटान गरी काठलाई चिरान मिल र इटा भट्टासम्म लैजानका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएका थिए ।

दुवाललाई घुस लिइसकेको अवस्थामा शुक्रबार जानकी गाउँपालिका–३ मानपुरस्थित लक्ष्मी कोल्ड स्टोर्सबाट पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ ।