आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

नीजि विद्यालयका शिक्षक र कर्मचारीलाई राहत वितरण

गोकर्णेश्वर खबर२३ आश्विन २०७७, शुक्रबार २०:१९ मा प्रकाशित (३ साल अघि) ३६० पाठक संख्या

धरान : धरान उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका नीजि विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई राहत वितरण गरिएको छ। पदम मेमोरियल बोर्डिङ स्कृलका सहायक प्रिन्सिपल पुष्पा फोम्बोको पहलमा शुक्रबार ८२ जनलाई राहत वितरण गरिएको हो।

कोरोना भाइरसको संक्रमणका कारण विद्यालय बन्द रहेको र विद्यालयले शिक्षक तथा कर्मचारीलाई तलब नदिए पश्चात केही राहत स्वरुप रकम संकलन गरेर उनीहरुलाई राहत वितरण गरिएको राहत पहलकर्ता फोम्बोले बताइन्। उनले आफुसँगै बेलायतमा रहेका आफन्त र साथीभाइहरुलाई अनुरोध गरि २ लाख रकम संकलन गरि समस्यामा परेका शिक्षक कर्मचारीहरुलाई राहत वितरण गरिएको बताइन्।

नीजि विद्यालयमा काम गर्ने शिक्षक तथा कर्मचारीहरुलाई २५ केजी चामल, ३ लिटर तेल, २ केजी दाल, ३ केजी चिउरा, दुई दर्जन विस्कुट वितरण गरिएको छ। यस्तो महामारीको बेलामा निजि विद्यालयमा काम गर्ने शिक्षक तथा विद्यार्थीहरुलाई राहत वितरण गरिनुले केहि राहत मिलेको इष्टु सुनसरीका सचिव शम्भु रेग्मीले बताए। कोरोनाका कारण धरानका विद्यालयहरुले अनलाईकन कक्षा सञ्चालन गरि अभिभावकबाट शुल्क उठाएको भएपनी शिक्षक तथा कर्मचारीलाई भने तलब दिएका छैनन्।