आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

सभापति देउवाद्वारा प्रसाईको निधनप्रति दुःख व्यक्त

गोकर्णेश्वर खबर२३ आश्विन २०७७, शुक्रबार २०:०९ मा प्रकाशित (३ साल अघि) ३७५ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्व कोषाध्यक्ष एवं समाजसेवी रामवावु प्रसाई (खनुपरूदे) को निधनप्रति दुःख व्यक्त गरेका छन् । कांग्रेसका पूर्व कोषाध्यक्ष एवं समाजसेवी प्रसाईको आज दिउँसो १२ः३० बजे काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

सभापति देउवाले एक शोक विज्ञप्तिमार्फत अग्रज समाजसेवी, सत्यवादी नेताको रुपमा आफ्नो बेग्लै पहिचान बनाएका पूर्व कोषाध्यक्ष प्रसाईको निधनको खबरले आफूलाई दुःखीत बनाएको उल्लेख गरेका छन् । सभापति देउवाले उनमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

स्व प्रसाई सन्त नेता कृष्णप्रसाद भट्टराईको सभापतित्वकालमा पार्टीको कोषाध्यक्ष थिए । विसं १९७८ को माघ १५ मा जन्मिएका प्रसाईले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए। रासस