आज: ६ कार्तिक २०७७, बिहीबार | Thu, 22, Oct, 2020

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, पछिल्लो २४ घन्टामा २०५९जनामा संक्रमण

गोकर्णेश्वर खबर२३ आश्विन २०७७, शुक्रबार १६:३१ मा प्रकाशित (१ हफ्ता अघि) ४८ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए । देशभर संक्रमितको संख्या १ लाख ६ सय ७६ जना पुगेको छ ।

संक्रमितमध्ये ७३ हजार २३ जना निको भएर घर फर्किएका छन् भने ६ सय जनाको ज्यान गएको छ ।