आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

लकडाउन हुनसक्ने

गोकर्णेश्वर खबर२१ आश्विन २०७७, बुधबार १९:१७ मा प्रकाशित (३ साल अघि) १०७६ पाठक संख्या

काठमाडौं, २१ असोज । देशमा एकै दिन ३४ सय ३९ जना कोरोना भाइरसको संक्रमित थपिएसँगै सक्रिय संक्रमित संख्या २५ हजार नाघेको छ । यसले देशमा समुदायस्तरमा कोरोना संक्रमण खतरनाक बनेको देखिएको छ । जसको रोकथामका लागि सरकारले लकडाउन समेत गर्ने सम्भावना छ ।

विगतमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २५ हजार ७ संक्रमित संख्या नाघेमा लकडाउनको सिफारिश गर्ने बताएका थिए । मन्त्रालयले. कोरोना भाइरससँग लड्ने नीति बनाउने क्रममा २५ हजार संक्रमित संख्या नाघेमा लकडाउनको सिफारिश गर्न सकिने बताएबाट कडाई हुने सम्भावना बढेको हो ।

विशेषगरी काठमाडौं उपत्यकाभित्र कोरोना भाइरसका दैनिक एक हजारभन्दा बढी संक्रमित थपिएका छन् । यसले उपत्यकामा झन् जोखिम बढेको छ । सरकारले यसलाई दृष्टिगत गरी जोखिम बढेको क्षेत्रहरुमा लकडाउन गर्न सक्ने बुझिएको छ ।

दशैं नजिकिदै गर्दा लकडाउनको सम्भावना बढ्नुले झन् समस्या ल्याउने देखिएको छ । सरकारले दशैंमा टीकाटालो घरमै मात्र गर्न आग्रह गरेको छ । वृद्धवृद्धालाई जोखिममा नपार्न भनेको छ ।