आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

नेपालमा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै धेरै: पछिल्लो २४ घन्टामा ३,४३९जनामा संक्रमण

गोकर्णेश्वर खबर२१ आश्विन २०७७, बुधबार १६:३३ मा प्रकाशित (३ साल अघि) ४५५ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या निरन्तर बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा देशभर ३ हजार ४ सय ३९ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या अहिलेसम्मकै धेरै हो ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ४ सय ३९ जनासहित देशभर संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।

संक्रमितमध्ये ६८ हजार ६ सय ६८ जना निको भएर घर फर्किएका छन् भने ५ सय ७८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।