आज: ९ कार्तिक २०७७, आईतवार | Sun, 25, Oct, 2020

नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ९ जनाको मृत्यु : मृतकको संख्या ५६३ पुग्यो

गोकर्णेश्वर खबर२० आश्विन २०७७, मंगलवार १६:४६ मा प्रकाशित (२ हफ्ता अघि) ९३ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि बढेको छ । पछिल्लो २४ घन्टामा ९ जनाको कोरोना संक्रमणका कारणले ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

नेपालमा कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या ५ सय ६३ पुगेको छ ।