आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

नेपालमा पछिल्लो २४ घन्टामा १,५५१ जनामा कोरोना भाइरसको संक्रमण

गोकर्णेश्वर खबर२० आश्विन २०७७, मंगलवार १६:२८ मा प्रकाशित (३ साल अघि) ४२४ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमण निरन्तर बढेको छ । पछिल्लो २४ घन्टामा १ हजार ५ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ हजार ५ सय ५१ जनासहित देशभर संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ६७ हजार ५ सय ४२ जना निको भएर घर फर्किएका छन् भने ५ सय ६३ जनाको कोरोना संक्रमणले ज्यान गएको छ ।