आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

नेपाल पछिल्लो २४ घन्टामा २,४४० जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर१९ आश्विन २०७७, सोमबार १८:१५ मा प्रकाशित (३ साल अघि) ३८० पाठक संख्या

काठमाडौं । कोरोना संक्रमितको संख्या काठमाडौं उपत्यका केन्द्रित भएको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका २ हजार ४ सय ४० जनासहित देशभर संक्रमितको संख्या ८९हजार २ सय ६३ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ६५ हजार २ सय २ जना निको भएर घर फर्किएका छन् भने ५ सय ५४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।