आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

हामी नेपाली ग्लोबलद्धारा खाद्यान्न सहयोग

गोकर्णेश्वर खबर१९ आश्विन २०७७, सोमबार १२:३७ मा प्रकाशित (३ साल अघि) ८३६ पाठक संख्या

काठमाडौं – विश्वभर छरिएर रहेका नेपालीहरुका समस्यामा सहयोग पु¥याउने उदेश्य सहित स्थापना भएको संस्था हामी नेपाली ग्लोबलले  खाद्यान्न सहयोग गरिएको छ । 

देशमा लकडाउन केहि खुकुलो भए पनि आम नागरिकको दैनिक जीवन सामान्य बन्न सकिरहेको छैन । त्यस्तो अवस्थामा सामाजिक उत्तरदायित्व अन्तर्गत न्यू योर्क अमेरिकामा रहेको हामी नेपाली ग्लोवल र रोटरी क्लव अफ न्यू योर्क, रोटरी क्लव महाराजगंज काठमाण्डौं, नेपालले  संयुक्त रुपमा लकडाउनबाट प्रभावित ५४ घर परिवारलाई काभ्रे पनौती नगरपालिका वडा १० को कार्यालयमा अत्यावश्यक खाद्यान्न सामग्री वितरण गरिएको छ ।

कार्यक्रममा पनौती नगरपालिका १० नं. वडा अध्यक्ष मोहन बहादुर भण्डारी, हामी नेपाली ग्लोवल ,रोटरी क्लव महाराजगंज काठमाण्डौं, नेपालका पदाधिकारीहरु र स्थानीयको उपस्थितिमा खाद्यान्न वितरण गरिएको थियो।

काभ्रे ,पनौती नगरपालिका १० नं. वडा अध्यक्ष मोहन बहादुर भण्डारीले यस विषम परिस्थितिमा सहयोग गर्नु हुने हामी नेपाली ग्लोवल, रोटरी क्लवलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै  सहयोगको अपेक्षा गरेका थिए ।