आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

काठमाडौं उपत्यकामा १,५९९ जनामा कोरोना संक्रमण : २ जनाको कोरोनाबाट मृत्यु

गोकर्णेश्वर खबर१८ आश्विन २०७७, आईतवार १७:०२ मा प्रकाशित (३ साल अघि) ३७० पाठक संख्या

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या काठमाडौं उपत्यका केन्द्रित भएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ९९ जनामा कोरोना संक्रमण भएको छ । २ जनाको ज्यान गएको छ ।

काठमाडौंमा १ हजार ३ सय ७३ जना, भक्तपुरमा ३९ जना र ललितपुरमा १ सय ८७ जनासहित उपत्यकामा पछिल्लो २४ घन्टामा १ हजार ५ सय ९९ जनामा कोरोना संक्रमण भएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए । उनका अनुसार देशभर संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ ।

संक्रमितमध्ये ६४ हजार ६९ जना निको भएर घर फर्किएका छन् भने ५ सय ३५ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।