आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

बागमती प्रदेशसभा सदस्य सिलवाललाई कोरोना संक्रमण

गोकर्णेश्वर खबर१८ आश्विन २०७७, आईतवार १६:३० मा प्रकाशित (३ साल अघि) २९८ पाठक संख्या

काठमाडौं । नेकपा केन्द्रीय सदस्य तथा बागमती प्रदेशको प्रदेशसभा सदस्य नारायण सिलवाललाई पनि कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोरोना संक्रमित भएको जानकारी गराएका हुन् ।

उनले लेखेका छन्, ‘असोज १३ गते रातिदेखि शरीरमा केही असहजता सृजना भएको थियो । १४ गतेदेखि ज्वरो देखा पर्यो । त्यसपछि घरमै बसेको थिएँ । १६ गते परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ । म घरमै अलग्गै बसेको छु । मेरो अवस्था सामान्य छ । कुनै लक्षण पनि छैन ।’

शनिबार प्रधानमन्त्रीका सचिवालय सदस्य र कांग्रेसका नेतामा पनि कोरोना संक्रमण देखिएको थियो ।