आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गोकर्णेश्वर नगरपालिकाको सहयोगमा आश्रय समुहद्वारा लागुपदार्थ विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर१८ आश्विन २०७७, आईतवार ०९:०८ मा प्रकाशित (३ साल अघि) ५२९ पाठक संख्या

काठमाडौँ,असोज १८ ।गोकर्णेश्वर नगरपालिकाको सहयोगमा  आश्रय समुहको आयोजनामा  १ हप्ते  “लागुपदार्थ विरुद्ध जनचेतनामूलक कार्यक्रम शनिबार सम्पन्न भएको छ । सुन्दरीजल स्थित संस्थाको कार्यलयमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिको रुपमा  गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे रहेका थिए भने  बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धर, नगर प्रवक्ता मनोज कुमार ढुंगाना, गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल  ,गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, नगरपालिकाकी कर्मचारी अजिता कपाली, र सोनाम वाङ्चेन लगायत स्थानीयको उपस्थिति रहेको थियो।  कार्यक्रमको अध्यक्षता आश्रय समूहका अध्यक्ष शिव श्रेष्ठले गरेका थिए भने कार्यक्रम संचालन संस्थाका निर्देशक छिरिंग शेर्पाले गरेका थिए  ।

बिगत ५ वर्ष देखि गोकर्णेश्वर नगरपालिकामा लागुपदार्थ सेवनकर्तालाई सुधार्ने, लागुपदार्थविरुद्ध सचेतना जगाउने, तथा पूर्नःस्थापना गर्ने मुख्य उदेश्य सहित  स्थापना भएको संस्था बाट करिब १ हजार जनाले सेवा प्राप्त गरिसकेको जानकारी गराइएको थियो  संस्थाले ३० जनालाई निशुल्क कोटामा र बाँकीलाइ निकै न्यून शुल्कमा  उपचार सेवा दिदै आएको समेत जानकारी गराइएको थियो।

कार्यक्रम जनचेतनामुलक कार्यक्रम समुदायमा समेत केन्द्रित गर्ने उदेश्य रहे पनि कोभिड १९ को कारण संस्थामा नै गरेको गर्नु परेको आयोजकले जनाएको छ । असोज ११ गते देखि १७ गते सम्म संचालन भएको सो कार्यक्रमको समापन सत्रमा बोल्दै गोकर्णेश्वर  नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल ले गोकर्णेश्वर नगरपालिका भित्र लागुपदार्थ दुर्व्यसन सचेतना  लगायतका कार्यक्रमगर्दै आएको बताए।  भोलिको होनाहार पुस्तालाई सही मार्गदर्शन गराउन लागुऔषध दुव्र्यसनी विरुद्धको जनचेतना अभियान आयोजना गरेकोमा आयोजक लाइ धन्यबाद दिदै “लागुऔषध दुव्यर्सनी हामी सबैको साझा शत्रु हो,” उनले भने, “यसका विरुद्ध युद्धस्तरमा काम गर्न सबै जुट्नुपर्छ ।”

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगाना वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल  वडा नं १ का वडा अध्यक्ष राम मानन्धर लगायतले शुभकामना मन्तब्य राखेका थिए ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नगर प्रमुख सन्तोष चालिसेले बिभिन्न कारणले कुलतमा फसेकाहरुलाई कुलत छुटाई समाजमा पुन स्थापना गराउनु पर्ने बताए उनले दुर्व्यसनीहरुको ब्यापार समेत चलेको र कतिजना त्यसरी पनि फसेको बताए। उनले धेरै जसो किशोर किशोरीहरु जो कक्षा ८ देखि १२ सम्मका धेरै बिद्यार्थीहरु  दुर्व्यसनमा फस्ने गरेको पाइएको बताए ।उनले गोकर्णेश्वर नगरपालिकालाइ लागूऔषध मुक्त नगर बनाउनको लागि सबैजना एक जुट भएर  जनचेतना मुलक कार्यक्रमलाइ सबै ठाउमा लानु पर्ने पनि बताए ।