आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

गगन थापालाई कोरोना पोजेटिभ

गोकर्णेश्वर खबर१७ आश्विन २०७७, शनिबार २२:१४ मा प्रकाशित (३ साल अघि) ४३० पाठक संख्या

काठमाडौं- कांग्रेस नेता गगन थापालाई कोरोना भाइरस संक्रमण भएको छ। असोज १५ गते पार्टी कार्यालय गरिएको पीसीआर परीक्षण्मा उनलाई कोरोना पोजेटिभ देखिएको हो।

थापाले केही बेरअघि ट्विटरमा लेखेका छन्, ‘मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ। मेरो स्वास्थ्य अवस्था सामान्य छ।अहिले म घरमै आइसोलेसनमा छु।’

थापाले यसबीचमा आफ्नो सम्पर्कमा रहेका सबैलाई सजगता अपनाउन र कुनै समस्या भएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्न अनुरोध गरेका छन्।

कांग्रेसका अर्का नेता अर्जुननरसिंह केसीलाई पनि कोरोना भाइरस संक्रमण भएको छ। पार्टी केन्द्रीय कार्य समितिको बैठक १९ गतेका लागि डाकिएको छ।

बैठकको पूर्वसन्ध्यामा गरिएको पीसीआर परीक्षणमा नेताहरुलाई कोरोना भाइरस संक्रमण भएको हो।